वडादशैंको पहिलो दिन, आज घटस्थापना

१ कार्तिक ०७७, काठमाडौं । हिन्दुहरूको पर्व वडादशैंको पहिलो दिन आज शनिबार आ-आफ्नो मूलघर पूजा कोठामा घटस्थापना गरेका छन् ।

समस्त हिन्दु धर्माबलम्बीहरुले घरघरमा घटस्थापना गरेका छन् भने हनुमानढोका बसन्तपुर दरबार क्षेत्रमा पनि बिहान ११ः४६ बजे घटस्थापनाको साइत उत्तम रहेकाले घटस्थापना गरिएको छ ।

घटस्थापनाका दिन पुजा कोठाको भुइँलाई गाईको गोबरले लिपेर माटोमाथि दियो कलश स्थापना गरी टपरीमा मकै, जौ, गहुँ मिसाएर घटस्थापना गर्ने प्रचलन छ ।