१३ भदौ ०७८, बुटवल । लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या थप गरेर १३ पु-याएको छ ।
आइतबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले १० मन्त्रालय रहेकोमा तीन मन्त्रालय थपेर १३ वटा बनाउने निर्णय गरेको हो ।
बैठकपछि लुम्बिनी प्रदेश सरकारका प्रवक्ता कृष्णध्वज खड्काले प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आर्थिक मामिला तथा सहकारी मन्त्रालय, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालय, श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय रहने जानकारी दिए ।
लुुम्बिनीमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसदको समर्थनमा माओवादी केन्द्रका कुलप्रसाद केसी मुख्यमन्त्री छन् ।