१९ बैशाख ०७८, बुटवल । नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसी ‘सोनाम’ले ४२ सांसदको हस्ताक्षरसहित आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसामू दावी पेश गरेका छन् ।
प्रदेश प्रमुख धर्मनाथ यादवले आज बिहान मुख्यमन्त्रीबाट राजीनामा दिएलगतै एमाले संसदीय दलका नेता शंकर पोखरेलले बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावी पेश गरेपछि प्रदेश प्रमुखले पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका थिए । लगत्तै केसीको नेतृत्वमा ४२ सांसदको हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि दावी पेश भएको हो ।
केसीले बुझाएको दावी हस्ताक्षरमा सांसद धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही साथै विमला वलीले पनि हस्ताक्षर गरेका छन् । योसँगै मुख्यमन्त्री पोखरेलको सरकार अल्पमतमा परेको छ ।