१० फागुन ०७४, सिरहा । सिरहाको लहान नगरपालिकाको मुख्य बजार शहीद चोकस्थित बम विस्फोट भएको छ ।
बिहीबार दिउँसो मुख्य बजार शहीद चोकस्थित प्रेसर कुकर बम विस्फोट भएको हो । बम विस्फोट हुँदा लहान १ का ४५ वर्षीय अनिल अग्रवाल घाइते भएका छन् ।
घाइते अग्रवालको टाउको र गर्धनमा चोट लागेको छ । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइराखेको इलाका प्रहरी कार्यालय लहानका डीएसपी गणेश चन्दले जानकारी दिए ।
चन्दका अनुसार बम विस्फोट भएको स्थलमा जनतान्त्रिक तराई मुक्ति मोर्चा गोहित समूहको पर्चा भेटिएको र विस्फोटको विषयमा थप अनुसन्धान भइरहेको जनाए ।