राष्ट्रिय जनमोर्चा एमाले-माओवादी गठबन्धनमा सामेल

४ कार्तिक ०७४, काठमाडौं । राष्ट्रिय जनमोर्चा एमाले-माओवादी गठबन्धनमा सामेल भएको छ ।

आशन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्यूठान र वाग्लुङका केही क्षेत्रमा ठूला बाम दलले सघाउने भएपछि एमाले-माओवादी गठबन्धनमा जनमोर्चा सामेल भएको हो ।

सहमतिअनुसार प्यूठानको प्रतिनिधि सभाका जनमोर्चा र प्रदेशका एक/एक क्षेत्रमा एमाले र माओवादी केन्द्रका उम्मेदवार हुने छन् ।

यस्तै वाग्लुङका प्रतिनिधि सभा १ र २ मा क्रमशः एमाले र माओवादी केन्द्र तथा सो जिल्लाका चार प्रदेश क्षेत्रमध्ये एमाले र माओवादी केन्द्रलाई एक/एक र बाँकी दुई स्थान जनमोर्चालाई दिइनेछ ।

देशभर तालमेलको सन्देश प्रवाह गर्न र एकले अर्काेलाई सघाउने तीन दलबीच सहमति भएको एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र मोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले आज संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तपाइको मत