२० कार्तिक ०७८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिएकी छन् ।
शनिबार बिहान ११ बजेर २ मिनेटको शुभसाइतमा उनले आफ्नो कान्छा भाइ पाण्डेलाई सप्तरंगी टीका लगाइदिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले आफन्त बहिनीहरुबाट भाइटीका लगाएका छन् ।
उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले दिएको जानकारीअनुसार लैनचौरस्थित उपराष्टपति निवासमा शनिबार बिहान ११ बजेर २ मिनेटको शुभसाइतमा उपराष्ट्रपतिले आफन्त बहिनीबाट टीका ग्रहण गरेका हुन् ।