राष्ट्रपतिद्वारा प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान

३१ असार ०७८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गरेकी छन् ।

बिहीबार मन्त्रिपरिषद बैठकले सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले साउन ३ गते दिउँसो ४ बजेका लागि बैठक आह्वान गरेकी हुन् ।

गत जेठ ७ गते मध्यरातमा सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेशसँगै सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै साउन ३ गतेभित्र संसद बैठक बोलाउन आदेश दिएको थियो ।