मुस्लिम आयोगको अनुरोधमा सार्वजनिक बिदा भोलि

११ जेठ ०७७, काठमाडौं । सरकारले मुस्लिम आयोगबाट अनुरोधअनुसार आजको लागि दिइएको सार्वजनिक बिदा भोलि हुने जानकारी दिएको छ ।

गृह मन्त्रालयले सार्वजनिक बिदाको सूचना सच्याइएको पत्र जारी गर्दै आइतबारको बिदा जेठ १२ गते सोमबार दिने निर्णय गरेको हो ।