माओवादी  र एमालेका विधार्थी संगठनद्वारा संयुक्त चुनाव प्रचार समिति गठन

१५ कार्तिक ०७४, काठमाडौं । वाम गठवन्धनमा आवद्ध माओवादी  र एमालेका विधार्थी संगठनहरुले संयुक्त चुनाव प्रचार समिति गठन गरेका छन् ।

आज बागबजारमा बसेको संयुक्त अनेरास्ववियु र अखिल क्रान्तिकारीको  बैठकले ११ हजार १ सय ११ सदस्यीय चुनाव प्रचार समिति गठन गरेका हुन् ।

अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले भने   ‘अब हाम्रा भेला, प्रशिक्षण र चुनाव प्रचार संयुक्त रुपमा नै हुनेछन् । आगामी निर्वाचनमा वाम गठवन्धनलाई जिताउन आजैबाट हामीहरु परिचालित भएका छौं ।’

भेलालाई माओवादी नेता वर्षमान पुन ‘अनन्त’ र एमाले नेता शंकर पोखरेलले सम्वोधन गरेका थिए ।

 

 

तपाइको मत