१२ पुस ०७८, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को काठमाडौं सुरु भएको आठौं राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि २५ वटा समूह बनाएर समूहगत छलफल सुरु भएको छ ।
महाधिवेशनमा सहभागी एक प्रतिनिधिकाअनुसार समूहगत छलफल अघि बन्द सत्रको सुरुमा कृष्णबहादुर महराको अध्यक्षतामा सात सदस्यीय अध्यक्ष मण्डल चयन गरिएको थियो भने अध्यक्षमण्डलको सदस्यहरुमा गिरीराजमणी पोखरेल, गणेश साह, परशुराम तामाङ, पूर्णाकुमारी सुबेदी, परशुराम रम्तेल ररुपा महर्जन सदस्य रहेका छन् ।
यस्तै बन्द सत्रमा पार्टी स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङबाट पार्टीको विधान मस्यौदा प्रस्तुत गरिएको थियो भने विधान मस्यौदामा पार्टीको केन्द्रीय कमिटी २९९ सदस्यीय रहने, पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष ६ जना, महासचिव, उपमहासचिव दुईजना, सचिव तीन जना र कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था प्रस्तावित गरिएको थियो ।
केन्द्रीय कमिटीमा महिलाको ३५ प्रतिशत, दलितको १५ प्रतिशत, मुस्लिमको ५ प्रतिशत प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ । सबै समूहबाट ४० वर्ष मुनिका युवाको २० प्रतिशत प्रतिनिधित्व अनिवार्य गरिएको छ । केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने प्रस्ताव समेत गरिएको छ । साथै, सबै तहका कमिटीहरुमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने प्रस्ताव गरिएको छ ।
महाधिवेशन प्रतिनिधिहरुलाई २५ वटा समूहमा विभाजन गरी समन्वय गर्ने जिम्मेवारी, छलफलको स्थान समेत तोकिएको छ ।
समूह १
सहभागी : जेष्ठ कम्युनिष्ट मञ्च
छलफलको स्थान : प्रज्ञा भवनको सभालको मुख्य भाग
समन्वयको जिम्मेवारी : एनके प्रसाई
समूह २ र ३
सहभागी : सल्लाहकारहरु
छलफलको स्थान : प्रज्ञा भवनको मुख्य मञ्चको दायाँ बाँया
समन्वयको जिम्मेवारी : नन्दकुमार थापा
समूह ४ र ५
सहभागी : प्रदेश नं. १ का प्रतिनिधिहरु
छलफलको स्थान : भानुभक्त हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारी : हर्क नेम्वाङ
समूह ६ र ७
सहभागी : प्रदेश नं. २ का प्रतिनिधिहरु
छलफलको स्थान : पारिजात हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारी : गणेश साह
समूह ८ र ९
सहभागी : लुम्बीनी प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान : सिद्धिचरण हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारी : चक्रपाणी खनाल
समूह १० र ११
सहभागी : गण्डकी प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान : पार्टी कार्यालय, पेरिसडाँडा
समन्वय गर्ने जिम्मेवारी : गायत्री गुरुङ
समूह १२
सहभागी : प्रवास प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान : पार्टी कार्यालय पेरिसडाँडा
समन्वय गर्ने जिम्मेवारी : लक्ष्मण पन्त
समूह १३ र १४
सहभागी : कर्णाली प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान : एवान पार्टी प्यालेस
संयोजन गर्ने जिम्मेवारी : विमला केसी
समूह १५ र १६
सहभागी : सुदुरपश्चिम प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान : एवान पार्टी प्यालेस
समन्वय गर्ने जिम्मेवारी : खगराज भट्ट
समूह १७ र १८
सहभागी : सम्पूर्ण विभागका प्रतिनिधिहरु
छलफलको स्थान : क्वालिटी बैंकट, बुद्धनगर
समन्वय गर्ने जिम्मवारी : मायाप्रसाद शर्मा
समूह १९
सहभागी : उपत्यका विशेष प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान : क्वालिटी बैंकट, बुद्धनगर
समन्वय गर्ने जिम्मेवारी : जगत सिंखडा
समूह २० र २१
सहभागी : सम्पर्क समन्वय प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान : क्रिष्टल पार्टी प्यालेस, बिजुली बजार
समन्वय गर्ने जिम्मेवारी : कृष्ण अधिकारी
समूह २२ र २३
सहभागी : बागमति प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान : काठमाडौं बैंकट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारी : सरल सहयात्री
समूह २४
सहभागी : आयोगका सदस्यहरु
छलफलको स्थान : काठमाडौं बैंकट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारी : विष्णुपुकार श्रेष्ठ
समूह २५
सहभागी : जनवर्गीय संगठन र मोर्चाका इन्चार्ज र अध्यक्षहरु, केन्द्रीय कार्यालय, एकताबाट आएका प्रतिनिधिहरु
छलफल गर्ने स्थान : काठमाडौं बैंकट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारी : अमृता थापामगर