२२ असोज ०७८, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
प्रधानमन्त्री देउवाले विस्तार गरेको मन्त्रिपरिषदमा बालकृष्ण खाँडले गृह मन्त्रालय, ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, जनार्दन शर्माले अर्थ मन्त्रालय, पम्फा भुसालले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, राजेन्द्रप्रसाद श्रेष्ठले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र विरोध खतिवडाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
त्यसैगरी मिनेन्द्रप्रसाद रिजालले रक्षा मन्त्रालय, उमाकान्त चौधरीले खानेपानी, नारायण खड्काले परराष्ट्र, रेनुकुमारी यादवले भौतिक पूर्वाधार तथा यातायात, प्रेमबहादुर आलेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सपथ तथा पदभार ग्रहण गरेका छन् ।
त्यसैगरी दिलेन्द्रप्रसाद बडुले कानुन, न्याय तथा संसदीय मामिला, देवेन्द्र पौडेलले शिक्षा, विज्ञान तथा प्रविधि, महेन्द्र राय यादवले कृषि तथा पशुपन्छी विकास, उमा रेग्मीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, शशी श्रेष्ठले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र रामकुमारी झाँक्रीले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यस्तै उद्योग वाणिज्य तथा आपूर्तिमा गजेन्द्र बहादुर हमाल, वन तथा वातावरणमा रामसहाय प्रसाद यादव, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कृष्णकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्रालयमा महेश्वरजंग गहतराज मन्त्री नियुक्त भएका छन् भने उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राज्यमन्त्रीको जिम्मेवारी दिएएको छ ।
यस्तै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रिमा बोधमाया कुमारी यादवलाई नियुक्त भएका छन् ।