मदन भण्डारी प्रतिष्ठानलाई परिणाम देखिने काम गर्न एमाले अध्यक्ष ओलीको आग्रह

१४ असार ०७८, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले देशका लागि योगदान दिनसक्ने जनशक्ति उत्पादन गर्नुपर्ने बताएका छन् ।

काम चलाउ सरकारका प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले सोमबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बागमती प्रदेशको शैक्षिक कार्यक्रमको शुभारम्भ गर्दै यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले स्थापनाको छोटो अवधिमै प्रतिष्ठानले ठूलो सफलता प्राप्त गरेको भन्दै उक्त सक्रियतालाई गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धानको क्षेत्रमा प्रयोग गरी परिणाम देखिने गरी काम गर्न पनि आग्रह गरे ।