१० पुस ०७८, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनमा आफूलाई भोट नदिनेहरुको भावना पनि समेटेर पार्टी सञ्चालन गर्ने बताएका छन् ।
केन्द्रीय समितिका नवनिर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण गर्न आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘मलाई विश्वास गरेर निर्वाचित गराउनेलाई धन्यवाद,’ उनले भने, ‘भोट नदिनेहरुको पनि प्रतिनिधित्व गरेर पार्टीलाई अगाडि बढाउने छु ।’
प्रधानमन्त्री समेत रहेका कांग्रेसका सभापति देउवा १४ औं महाधिवेशनबाट पुन: दोस्रो कार्यकालका लागि सभापति निर्वाचित भएका हुन् ।