विद्युत खरिद सम्झौता नवीकरण भो !

९ कार्तिक ०७४, काठमाडौं । टनकपुर नाकाबाट सुख्खा याममा आयात हुँदै गरेको ३० मेगावाट विद्युत खरिद सम्झौता बिहीबार नवीकरण भएको छ ।

टनकपुर नाकाबाट सुख्खा याममा आयात हुँदै गरेको ३० मेगावाट विद्युत खरिद सम्झौता विद्युत आयात गर्नका लागि भारतीय कम्पनी पीटीसीसँग नेपाल बिद्युत प्राधिकरणले गरेकोे सम्झौता बिहीबार नवीकरण गरिएको हो ।

विद्युत खरिद सम्झौता नवीकरणमा भारतीय कम्पनी पिटिसीका निर्देशक राजीबकुमार मिश्र र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हस्ताक्षर गरेका छन् ।

यो सँगै भारतबाट यो सबस्टेशन हुँदै ३० मेगावाट विद्युत् आयात हुने सुनिश्चित भएको छ । अधिकारीका अनुसार भारतबाट प्रतियुनिट ३.४० भारुमा खरिद गर्ने सम्झौता भएको छ ।

महाकाली सन्धीअनुसार नेपालले यो सबस्टेशनबाट निःशुल्क ७ करोड युनिट बिजुली पाइरहेको छ ।

यो सबस्टेशनको क्षमता ५० एमभीएभन्दा बढी नभएका कारण अहिले आयात भइरहेको बिजुलीभन्दा थप बिजुली आयात गर्न सकिँदैन ।
यसअघि बसेको उर्जा सचिव स्तरिय बैठकमा यो सबस्टेशनको क्षमता १ सय एमभीए पुर्‍याउने भनिए पनि हालसम्म काम अघि बढ्न सकेको छैन ।

तपाइको मत