बालाजु औद्योगिक क्षेत्रमा आगलागी, निभाउने प्रयास जारी

२३ साउन ०७८, काठमाडौं । बालाजु औद्योगिक क्षेत्रमा रहेको एक बिष्कुट फ्याक्ट्रीमा आगलागी भएको छ ।

प्रहरी वृत्त बालाजुले जानकारी दिएको जानकारी अनुसार औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुट फ्याक्ट्रीमा भीषण आगलागी भएको छ ।

शुक्रबार राति करिब दुई बजेदेखि आगलागी भए लगतै बारुणयन्त्रले आगो निभाउने प्रयास भए पनि अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन् ।