१५ चैत्र ०७४, काठमाडौं । दक्षिणकालीबाट रत्नपार्कतर्फ आइरहेको बस फर्पिङमा दुर्घटना हुँदा ४ जनाको मृत्यु हुनका साथै ३३ जना घाइते भएका छन् ।
बिहीबार दक्षिणकाली नगरपालिका वडा नम्बर ३ स्थित भन्ज्याङमा खाल्डोका कारण अनियन्त्रित भएर बस बा १ ख ९९९९ पल्टिँदा २ जना को घटनास्थलमै र गम्भीर घाइते मध्ये २ जनाको वयोधा हस्पिटलमा मृत्यु भएको हो ।
घाइते मध्ये १७ जनाको वयोधा हस्पिटलमा र बाँकीको मनमोहन सामुदायिक अस्पताल फर्पिङमा उपचार भइरहेको नगर प्रमुख बस्नेतले जानकारी दिए ।
दुर्घटनामा दक्षिणकाली नगरपालिका ५ की ४२ वर्षीय मञ्जु बस्नेत र वडा नम्बर ३ का २५ वर्षीय सुनिल श्रेष्ठको घटनास्थलमै ज्यान गएको हो ।