२३ चैत ०७४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार भारतको तीनदिने औपचारिक भ्रमणमा गएका छन् ।
प्रधानमन्त्री ओली ५४ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल वायुसेवा निगमको नियमित उडानबाट बिहान ९ बजे भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री ओली इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पौने एघार बजे अवतरण गर्ने छन् ।
प्रधानमन्त्री ओली, पत्नी राधिका र मन्त्रीहरुलाई हैदरावाद हाउसमा बस्ने व्यवस्था मिलाइएको छ । भ्रमण टोलीका अन्य सदस्यहरुलाई ताजमानसिंह होटलमा बस्ने व्यवस्था मिलाइएको छ ।
भारत भ्रमणको पहिलो दिन शुक्रबार ओली केही साना कार्यक्रमहरुमा सहभागी हुनेछन् । दिल्ली पुगे लगत्तै उनी ताज होटेलमा भारतीय उद्योगी व्यावसायीहरुसँग अन्तर्क्रिया कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।
पाँच बजे नेपाली समुदायसँग छलफल गर्ने र साँझ साढे ७ बजे ओलीको सम्मानमा भारतस्थित नेपाली दूतावासले इम्पेरियल होटलमा आयोजना गरेको रात्रीभोजमा सहभागी हुने कार्यक्रम छ ।