आज प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

२५ चैत ०७६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

आज मंगलबार बिहान ११ः०० बजे सरकारी निवास बालुवाटारबाट नेपाल टेलिभिजनको प्रत्यक्ष प्रशारणमार्फत् गरिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जानकारी दिएका हुन् ।

प्रधानमन्त्रीले कोरोना भाइरस (कोभिड–१९)को उच्चजोखिम रोक्न सरकारले अत्यावश्यक काममा बाहेक घरमै बस्न जारी गरेको आदेश र नागरिकको साथसँगै स्वास्थ्य सुरक्षा र सरकारका कदमबारेमा सम्बोधन गरिने बताइएको छ ।

कोरोनाका विषयमा यही चैत ७ गते प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका थिए ।