प्रधानमन्त्रीको गृहनगर अमरगढी नगरपालिकामा एमाले विजयी

१६ असार ०७४, काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको अमरगढी नगरपालिकामा एमालेको जित भएको छ।

अमरगढी नगरपालिकाको मेयरमा एमालेका विश्वेश्वरप्रसाद ओझा (विपिन) विजयी भएका छन् भने उपमेयरमा पनि एमालेकै संगीता भण्डारी विजयी भएकी छन् ।

एमाले उम्मेदवार विश्वेवर प्रसाद ओझाले ३७६८ मत ल्याउँदै  काङ्ग्रेस उम्मेदवार डिल्लीराज ओझालार्इ हराए । डिल्लीराजले ३६४० मत पाएका छन् । माओवादी उम्मेदवार शोभा भट्टको पक्षमा ३३९ मत परेको छ ।

उपप्रमुखमा एमालेकी संगिता भट्ट विजयी भएकी छन् । उनले ३ हजार ५१७ मत पाएकी छन् । उनको निकटतम् प्रतिद्वन्द्वी  काङ्ग्रेसकी पार्वती झुकालले ३ हजार २६९ मत पाइन् । माओवादीका करुणाकर ओझाले ७१७ मत पाएका छन् ।

अमरगढी नगरपालिकामा ऐतिहासिक जित हासिल गरेपछि एमालेले विजय उत्सव मनाइरहेको छ ।

तपाइको मत