प्रदेश ३ मा मन्त्रिपरिषद् विस्तार

१६ फागुन ०७४, हेटौडा । प्रदेश ३ मा मन्त्रिपरिषद् विस्तार गरिएको छ ।

बुधबार एमालेका तर्फबाट ३ र माओवादी केन्द्रका १ जना सदस्य थप्दै मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

एमालेका तर्फबाट रामेछापका प्रदेशसभा सदस्य कैलाश ढुंगेललाई आर्थिक मामिला तथा योजना, सिन्धुपाल्चोकका अरुण नेपाललाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र चितवनका सांसद दावादोर्जे लामाले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको  जिम्मेवारी पाएका छन् ।

माओवादीतर्फबाट युवराज दुलाल सामाजिक विकास मन्त्री बनेका छन् ।

नवनियुक्त मन्त्रीहरुले बुधबार नै प्रदेश प्रमुख अनुराधा कोइरालासमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

यसअघि मुख्यमन्त्री पौडेलले एमालेका केशव स्थापितलाई भौतिक पूर्वाधार विकास र माओवादी केन्द्रका शालिकराम जमरकट्टेललाई आन्तरिक मामिला तथा कानुनमन्त्रीको शपथ खुवाइसकेका छन् ।

तपाइको मत