३० असार ०७७, सर्लाही । बन्दाबन्दीकै बिच प्रदेश २ मा ट्रेड युनियनले ‘श्रमिक तथा संगठन निर्माण’ सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश २ को आयोजना साथै आइटियुसी न्याकको सहयोगमा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
महासंघ प्रदेश २ का अध्यक्ष समेत रहेका प्रशिक्षण कार्यक्रमका प्रशिक्षक अर्जुन चिमोरियाले सर्लाही जिल्लाको हरिवनमा ‘श्रमिक तथा संगठन निर्माण’सम्बन्धी कार्यक्रम भएको जानकारी दिए ।
उनले श्रमिक, ट्रेड युनियन र यसको काम, कर्तव्य, महत्व साथै अनौपचारिक र औपचारिक क्षेत्रका बारेमा प्रशिक्षार्थीहरुलाई प्रशिक्षणमा दिएको बताए ।
पैँतीस जना प्रशिक्षार्थी सहभागी रहेको उक्त प्रशिक्षणमा अन्टुफ प्रदेश २ इन्चार्ज सोनालाल साहको प्रमुख आतिथ्यता रहेको थियो ।
यस्तै महासंघका सदस्य युवराज लुइँटेल, जिल्ला महासंघ अध्यक्ष तुलसी पौडेल, जिल्ला उपाध्यक्ष रामपुकार महतो, सेक्युरिटी प्रदेश २ स इन्चार्ज प्रमोद झा लगायतको आथित्यता रहेको थियो ।