१९ माघ, काठमाडौं । नेपाल आयल निगमले भारतीय आयल कर्पाेरेशनले पठाएको नयाँ मूल्य सूचीअनुसार ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको छ ।
निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काकाअनुसार भारतीय आयल कर्पोशरनले मूल्य बढाएर पठाएपनि उपभोक्ताको हितलाई मध्यनजर गर्दै पट्रोल र डिजेलमा मूल्य बढाइएको छैन् । तर, अब एक सिलिन्डर ग्यासको मूल्य १३ सय ५० रुपैयाँ पुगेको छ ।
यसअघि नै निगमलाई डिजेलमा प्रतिलिटर ३. १७ रुपैयाँ प्रतिलिटर घाटा थियो ।