प्रतिपक्षी दल एमाले र मधेस केन्दि्रत दलहरुले विरोध गरिरहे संकट आउन सक्ने

२० मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले संविधान संशोधन प्रस्तावलाई प्रतिपक्षी दल र मधेस केन्दि्रत दलहरुले विरोध गरिरहे संकट आउन सक्ने बताएका छन् ।

एमाले अध्यक्ष केपी ओलीलाई ईंगित गर्दै परराष्ट्रमन्त्री महतले ‘आफूलाई अवमूल्यन नगरौं’ भन्दै पहिलो संविधान संशोधन प्रस्ताव कसको इशारामा ल्याएको भनेर प्रश्न समेत गरे ।

सोमबार राजधानीमा आयोजित साक्षात्कारमा मन्त्री डा. महतले भने, ‘नेपालको संविधानलाई भारतले पहिला समर्थन नगर्दा किन गरेन भन्नेहरु पनि थिए, अहिले समर्थन गर्दा किन गर्यो भनेर विरोध गरिरहेका पनि छन् ।’

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले उनले यो प्रवृत्तिले मुलुकलाई दीर्घकालिन हित नहुने बताए । महतले भने,’हामीले त कूटनीतिक टेबुलमा कुरा राखेका छौं, तर उहाँहरु त टेबुलमा केही नबोल्ने ? अनि सडकमा बोल्ने (कराउने) ?’

उनले एमालेलाई ईंगित गर्दै थपे, ‘जहाँ कुरा गर्नुपर्ने हो त्यहाँ केही नबोल्ने अनि यहाँ चर्को कुरा गर्ने ।’

तपाइको मत