पौडेलको रिटमा सर्वोच्चले दुबै पक्षलाई छलफलमा बोलायो

७ पुस ०७४, काठमाडौं । गत मंसिर २१ गते सम्पन्न निर्वाचनमा तनहुँ क्षेत्र नं. २ को प्रदेशसभा (क) बाट कांग्रेसका उम्मेदवार बनेका प्रदीप पौडेल पराजित भएपछि दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीशहरु दीपकराज जोशी, ओमप्रकाश मिश्र, चालेन्द्रशम्शेर जबरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।

नेकपा माओवादी केन्द्रकी नेतृ एवम् वर्तमान सरकाकी मन्त्री समेत रहेकी आशा कोइराला खनालसँग ५ मत अन्तरले पराजित भएपछि ४२ मत फर्जी भेटिएको भन्दै कांग्रेसका उम्मेदवार पौडेलले पुनः मतदान हुनु पर्ने माग गर्दै आएका छन् ।

सर्वोच्च अदालतले १९ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।

खड्का र यादवको रिटमा पनि कारण देखाउ आदेश

यस्तै, संखुवासभाका कांंग्रेस उम्मेदवार दिपक खड्काको रिटमा पनि कारण देखाउ आदेश जारी गर्दै १४ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

यसैगरी, धनुषा ३ का वाम गठबन्धनका उम्मेदवार रामसिंह यादवको रिटमा कारण देखाउ आदेश जारी गर्दै १९ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

मौन समय र निर्वाचनको दिन वाम गठबन्धनले राजपा उम्मेदवार राजेन्द्र महतोलाई समर्थन गरेको भन्ने हल्ला चलाएकाले निर्वाचन परीणाम बदर गर्नु पर्ने उनको माग छ ।

तपाइको मत