सिङ्गो पार्टी कमिटीलाई चुनावी कार्यक्रमहरु स्थगित नगर्न प्रचण्डको निर्देशन

३ मंसिर ०७४, काठमाडौं । प्रकाश दाहालको निधनका कारण विभिन्न जिल्लामा चुनावी कार्यक्रमहरु स्थगित भएको खबर आउन थालेपछि माओवादी अध्यक्ष प्रचण्डले त्यस्ता कार्यक्रमहरु नरोक्न निर्देशन दिएका छन् ।

निर्वाचनका लागि तय गरिएका सबै कार्यक्रमहरु सुचारु राख्न अध्यक्ष प्रचण्डले सिङ्गो पार्टी कमिटीलाई निर्देशन दिएको पार्टी प्रवक्ता पम्फा भुसालले बताइन् ।

प्रचण्डपुत्र प्रकाश दाहालको निधनको खबर सुनेपछि विभिन्न जिल्लामा रहेका माओवादी नेताहरु कार्यक्रम स्थगित गरेर राजधानी फर्किएका छन् ।

अहिले पेरिसडाँडास्थित पार्टी कार्यालयमा दाहालको शव श्रद्धाञ्जलीका लागि राखिएको छ । दाहाललाई श्रद्धाञ्जली दिन माओवादी कार्यालयमा मानिसहरुको खचाखच उपस्थिति देखिएको छ ।

पशुपतिमा अपरान्ह ४ बजे दाहालको अन्त्येष्टि गरिने माओवादीले जानकारी दिएको छ ।

तपाइको मत