२४ असार ०७८, काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले नेपाल आयल नियमको कार्यालय घेराउ गरेको छ ।
क्रान्तिकारीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध प्लेकार्ड प्रदर्शनसहित नाराबाजी गर्दै निगमको कार्यालय घेराउ गरेका हुन् ।
पाँच विद्यार्थी संगठनले केही दिन अघि पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै नेपाल आयल निगमलाई ज्ञापन पत्र बुझाएको थियो ।
विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।