पार्टी र नेतृत्व विधिअनुसार नचलेको भन्दै राप्रपाका ३१ जनाले दिए सामूहिक राजीनामा

१० साउन ०७७, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता सुनिल थापासहित ३१ जनाले सामूहिक राजीनामा दिएका छन् ।

पूर्वमन्त्री समेत रहेका थापासहित ३१ जनाले शनिबार पार्टी अध्यक्षत्रयलाई सामूहिक राजीनामा दिएका हुन् ।

सामुहिक राजीनामा दिनेहरुले पार्टी र नेतृत्व सिद्धान्त, पद्धति र विधिअनुसार नचलेको आरोप लगाएका छन् ।

सामुहिक राजीनामाको पूर्णपाठ :