बुद्ध लामा बने, पहिलो नेपाल आइडल

काठमाडौं । पहिलो नेपाल आइडलको उपाधि बुद्ध लामाले हात पारेका छन् ।

प्राविधिक कारणवश एपी वान टेलिभिजनमा घोषित समयभन्दा केही घण्टा ढिलोगरी सुरुभएको अन्तिम प्रतिस्पर्धामा लामाले पहिलो नेपाल आइडलको उपाधि चुम्न सफल भएका हुन् ।

कतारको दोहास्थित एसियन टाउन एम्पिथिएटर, ग्रान्ड मल, सनायामा शुक्रबार राति भएको अन्तिम प्रतिस्पर्धामा उर्लाबारी मोरङका निशान भट्टराई र झरुवारासी ललितपुरका प्रताप दासलाई पछि पार्दै लामा नेपाल आइडल बनेका हुन् ।

उत्कृष्ट तीन जनाबाट विजेता छनोटका लागि देश विदेशबाट ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट प्राप्त भएकोमा पोखरा नयाँ बजारका लामा ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै नेपाल आइडल बने भने ३ करोड ५० लाख ८६ हजार २ सय २३ भोट प्राप्त गरी निशान फस्ट रनरअप र १ करोड ३२ लाख ५१ हजार ८ सय ४९ भोट प्रताप सेकेन्ड रनरअप घोषित भए ।

पहिलो नेपाल आइडलको उपाधि जितसँगै बुद्ध लामाले २० लाख रुपैयाँ, महिन्द्रा केयूभी १०० कार र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गरेका छन् ।

यसैगरी फस्ट रनरअप निशानले १५ लाख रुपैयाँ र सेकेन्ड रनरअप प्रतापले १० लाख रुपैयाँ पुरस्कार हात पारे ।

तपाइको मत