२८ जेठ, काठमाडौं । नयाँ शक्ति नेपालले जेठ ३० गतेबाट राजधानीमा सुरु हुने पार्टी घोषणा भेलामा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनमा आफ्नो दृष्टिकोण अघि सारेको छ ।
नयाँ शक्ति नेपालको प्रतिवेदनमा ‘सरकारले राम्रो काम गरे राम्रो र नराम्रो काम गरे नराम्रो’ भन्ने उल्लेख गर्दै बर्तमान सरकारसँग बाँडीचुँडी खाऔं भन्ने भन्दा कुनै प्रष्ट भिजन नभएको बताएको छ ।
‘सत्ता स्वार्थले राजावादीदेखि सम्यवादीसम्म, संघीयतावादीदेखि संघीयता विरोधीसम्म, धर्मनिरपेक्षतावादीदेखि हिन्दुवादीसम्म र पहिचानवादीदेखि पहिचान भनेको जातीय विग्रह हो भन्ने सबै सरकारमा रहेको छ’ भन्दै नयाँ शक्ति नेपालको प्रतिवेदनमा भनिएको छ, ‘यो सरकारले ठीक बाटो लिइरहेको पटक्कै देखिँदैन ।’