३१ चैत, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्रमा समाहित भएको छ ।
एमालेका पूर्व सांसद समेत रहेका टंक राईले नेतृत्व गरेको नेपाल कम्युनिष्ट बिहीबार नेकपा माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा औपचारिक कार्यक्रम एकता घोषणा गरी माओवादी केन्द्रमा समाहित भएको हो ।
एकतासँगै राईलाई नेकपा माओवादी केन्द्रमा हेडक्वार्टर सदस्यको जिम्मेवारी दिइने माओवादी केन्द्र स्रोतले बतायो । त्यसैगरी रामहरि कार्की र अम्बेर राईले पोलिटव्यूरो सदस्य हुनेछन् ।
टंक राईलाई माओवादी केन्द्रमा ल्याउन अमिक शेरचनको नेतृत्वमा वार्ता समिति गठन गरिएको थियो । समितिमा गोपाल किराती, अग्नि सापकोटा, पूर्णाकुमारी सुवेदी लगायत सदस्य थिए ।
नेकपा माओवादी केन्द्रमा यसअघि एकता प्रक्रियामा आएका रामबहादुर थापा बादल, मातृका यादव र मणि थापा पनि हेडक्वाटर सदस्य छन् ।
सीपी मैनाली नेतृत्वको नेकपा मालेबाट अलग भएर राईले नेपाल कम्युनिष्ट पार्टी खोलेका थिए ।