२२ कार्तिक ०७८, काठमाडौं । चीनले नेपाली सेनालाई ३ लाख डोज कोभिड-१९ विरुद्धको खोप दिएको छ ।
चिनियाँ राजदूत होउ यान्छीले प्रधानसेनापति प्रभुराम शर्मालाई चिनियाँ जनमुक्ति सेनाको तर्फबाट नेपाली सेनालाई प्रदान गरिएको खोप नेपालका लागि हस्तान्तरण गरेकी हुन् ।
नेपाली सेनाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यस किसिमको सहयोगले दुई देशबीचका सेनाको सम्बन्ध थप मजबुद हुने विश्वास लिइएको भनेको छ ।