१२ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठक आज ११ बजे बालुवाटारमा बस्दैछ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्तव्य राखेसँगै आज बस्ने गरी ७ बुँदे कार्यसूची तय गर्दै स्थगन गरिएको थियो ।
बैठकको सात बुँदे कार्यसूचीमा अमेरिकी सहयोग परियोजना एमसीसी, मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट), कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, नागरिकता विधेयक लगायतका विषय रहेकाले यो बैठक दूरगामी महत्वको हुने राजनीतिक वृत्तमा चर्चा भइरहेको छ ।
हिजो बिहीबार नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कार्यसूचीमा बैठकलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको थियो ।