निर्माण मजदुरको बुढानिलकण्ठ नगर कमिटी पुनर्गठन, साङ्गे शेर्पा अध्यक्ष चयन

२६ असार ०७७, काठमाडौं । अखिल नेपाल निर्माण मजदुर संघ बुढानिलकण्ठ नगरपालिकाको बिस्तारित बैठकले नगर कमिटी पुनर्गठन गरेको छ भने नगर कमिटी अध्यक्ष साङ्गे  शेर्पा सर्वसम्मत चयन भएका छन् ।

शुक्रबार अखिल नेपाल निर्माण मजदुर संघका केन्द्रीय अध्यक्ष अमित लोप्चनको प्रमुख आतिथ्यमा पुनर्गठित १३ सदस्यीय नगर कमिटीको इन्चार्ज राम आशिष राउतलाई तोकिएको छ ।

नवगठित कमिटीको उपाध्यक्ष उपाध्यक्ष राम कुमार साह र ज्ञानबहादुर गुरुङ, सचिव काजु खड्का, सहसचिव अन्जित तामाङ, कोषाध्यक्ष जीवन कुमार बुढाथोकी रहेका छन् ।

यस्तै सदस्यहरु शान्त मगर, धमस्या लामा, धनराज गिरी, दिपक मगर, भिम राई, सानू मगर, डोल्मा तामाङ, सरस्वती थापा र पुजा तामाङ चयन भएका छन् ।

निर्माण मजदुर संघ अध्यक्ष अमित लोप्चनको प्रमुख आतिथ्यता, उपाध्यक्ष कमल न्यौपानेको विशेष आतिथ्यमा, सल्लाहकार मिठु खत्री, उपमहासचिव राजेन्द्र रुम्बा, काठमाडौं जिल्ला अध्यक्ष सुरज तामाङको उपस्थितिमा गठन भएको नगरकमिटी पुनर्गठन कार्यक्रमको अध्यक्षता राम आशिष राउतले गरेका थिए ।