नारायणगढ-मुग्लिन सडकखण्ड पुनः अवरुद्ध, दुई दिनदेखि सवारी साधन र यात्रुहरु अलपत्र

३० साउन ०७४, चितवन । अाइतबार साझ ५ः१५ मा यातायात अावगमन सुरू भएकाे नारायणगढ-मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ ।

पाँचकिलोमा गए राति पहिरो खसेपछि सडक अवरुद्ध हुँदा दुई दिनदेखि जाममा रहेका सवारी साधन र यात्रुहरु अलपत्र परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार राति १० बजेबाट पाँचकिलोमा पहिरो खसेको हो ।

रातको समयमा पहिरो पन्छाउन नसकेपछि बिहानबाट पहिरो पन्छाउन शुरु गरिएको छ ।

सो सडकमा शुक्रबार दिउँसो २ बजेपछि ठाउँ–ठाउँमा पहिरो खसेपछि अवरुद्ध भएकाे थियाे । सडक आइतबार साँझ ५ः१५ बजे पहिरो पन्छाएर यातायात आवागमन शुरु भएको थियो ।

 

तपाइको मत