नयाँ सरकार बनाउने तयारी नभएको काँग्रेसको प्रष्टीकरण

१९ असोज ०७४, काठमाडौं । नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका मन्त्रीहरुलाई हटाएर नयाँ सरकार बनाउने तयारी नभएको प्रष्ट पारेको छ ।

सत्तारुढ माओवादीले विपक्षी एमालेसँग चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति गरेपछि विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ ।

कार्यसम्पादन समितिको बैठकले केन्द्रीय कार्यसमितिको बैठकको एजेण्डाहरु तय गरेको छ । बैठक भोलि विहान ८ बजेबाट बालुवाटारमा सुरु हुनेछ ।

नेता डा. प्रकाशशरण महतका अनुसार भोलिको बैठकमा उम्मेदवार छनोटको मापदण्डका साथै लोकतान्त्रिक गठवन्धन र चुनावी एजेण्डाबारे छलफल हुनेछ ।

नेता महतले माओवादी मन्त्रीहरुलाई हटाउने कुनै छलफल नै नभएको बताएका छन् ।

तपाइको मत