धुर्मुस अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा लाग्ने

१५ चैत्र ०७४, काठमाडौं । हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल ‘धुर्मुस’ले  अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुट्ने घोषणा गरेका छन् ।

धुर्मुस–सुन्तली फाउण्डेसनको नेतृत्वमा ‘नमूना नेपाल’ परियोजनाको काम भइरहेका बेला धुर्मुसले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका हुन् ।

नमूना नेपाल परियोजनाको कामसमेत अघि बढिरहेका बेला क्रिकेटको स्तरोन्नतीका लागि र खेलाडीको मनोबल बढाउन रंगशालाको परियोजना अगाडि बढाउने निष्कर्षमा पुगेको धुर्मुसले बताए ।

धुर्मुसले रंगशाला परियोजना पूरा गर्न आफूहरु सक्षम र दृढ रहेको बताउँदै  परियोजना पूरा गर्न सरकारको भूमिका प्रमुख हुने बताए । उनले भने- ‘जग्गा सरकारले उपलब्ध गराउनुपर्छ । जनताबाट सहयोग उठाउने काम हामी गर्छौं, बाँकी रकमको व्यवस्था सरकारबाट हुनुपर्छ ।’

उनले थपे रंगशाला निर्माणको संयोजनमात्रै फाउण्डेसनले गर्नेछ भने निर्माणका लागि अलग्गै समिति बनाइनेछ ।

तपाइको मत