देउवा, प्रचण्ड र नेपालबीच कोटेश्वरमा छलफल

३१ जेठ ०७८, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निवास कोटेश्वर पुगेका छन् ।

काँग्रेस सभापति देउवा महामन्त्री पूर्णबहादुर खड्कालाई लिएर पुगेको केहीबेरमा माओवादी अध्यक्ष प्रचण्ड नेपालका निवास पुगेका हुन् ।

स्रोतकाअनुसार देउवा, प्रचण्ड र नेपालबीच अहिले समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल भइरहेको छ ।