२४ जेठ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप २ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको छ ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले थप २ जना कोरोना संक्रमणबाट मृत्यु भएको जानकारी दिएका हुन् ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको कूल संख्या १३ पुगेको छ । यस्तै संक्रमितको कूल संख्या ३ हजार २ सय ३५ पुगेको छ ।
कोरोनाबाट पछिल्लोपटक मृत्य हुनेमा एकजना मृगौला रोगी महिलाको सेती अस्पतालमा जेठ २३ गते डाइलाइसिस गर्दैगर्दा दिउँसो करिब १२ बजे मृत्यु भएको उनको सेती अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । निधन हुनेमा अर्का ५८ वर्षका पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, शनिबार मात्रै थप ३२ जना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै डिस्चार्ज हुनेको कुल संख्या ३६५ पुगेको छ ।