२२ बैशाख ०७७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले डा. भरतराज गौतमलाई संघीय संसदको महासचिवमा नियुक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले प्रतिनिधि सभाका अध्यक्ष र राष्ट्रियसभाका अध्यक्षको संयुक्त सिफारिसमा गौतमलाई आज संघीय संसदको महासचिव नियुक्त गरेकी हुन् ।
कास्कीको लामाचौर–५ निवासी गौतम नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम महासचिवमा नियुक्त भएका हुन् ।