१५ जेठ ०७७, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले गणतन्त्र प्राप्तिका दिनलाई नेपालको इतिहासमा युगान्तकारी परिवर्तनको स्वर्णीम दिन भएको बताएका छन् ।
उपराष्ट्रपति पासाङले बिहीबार गणतन्त्र दिवस–२०७७ को अवसरमा शुभकामना सन्देशमार्फत् यस्तो बताएका हुन् ।
उपराष्ट्रपतिको निजी सचिवालयद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, “राज्यको सम्पूर्ण शक्ति जनतामा निहित गराउने नेपालको इतिहासमा युगान्तकारी परिवर्तनको स्वर्णीम दिन गणतन्त्र दिवस–२०७७ को सुखद अवसरमा समस्त नेपाली दिदी–बहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।”
शुभकामना सन्देशको पूर्णपाठ :