जाजरकोट बस दुर्घटना : मृतकको संख्या २७ पुग्यो

२८ फागुन, बाँके । जाजरकोटको भेरीमालिका नगरपालिका-४ पासागाढमा यात्रुबस दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या २७ पुगेको छ ।

जाजरकोट सदरमुकाम खलंगाबाट साल्माको खारा जाादै गरेको ना ३ ख २२७९ नम्बरको बस गत बिहीबार दिउँसो दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै र १३ जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।

bus-aacident-jajarkot

शुक्रबार राति नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा थप एकजनाको मृत्यु भएपछि दुर्घटनामा मृतकको संख्या २७ पुगेको हो ।

नेपालगञ्ज मेडिकल कलेजका सहायक निर्देशक तथा सूचना अधिकारी डा. रोमन किदवाईका अनुसार उपचारको क्रममा शुक्रबार राति आठ बजेतिर जाजरकोट निवासी २३ वर्षीय राम बहादुरको मृत्यु भएको हो ।

नेपालगञ्ज मेडिकल कलेजमा उपचारका लागि ल्याइएका १८ जना घाइतेहरुमध्ये ५ जनालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

तपाइको मत