२७ बैशाख ०७८, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता उपेन्द्र यादवले आफ्नो पार्टीेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने बताएका छन् ।
साेमबार संसदकाे विशेष अधिवेशनलाई सम्बाेधन गर्दै नेता यादवले आफ्नो पार्टीले विश्वासको मतको विपक्षमा मतदान गर्ने बताएका हुन् ।
आजै संसदमा बाेल्दै जसपाका नेता महन्त ठाकुरले प्रधानमन्त्रीले मागेको विश्वासको मतको पक्ष वा विपक्षमा आफूले मतदान नगर्ने बताएका थिए ।