जनता नै राज्य शक्तिका स्रोत हुन् भन्ने मान्यता स्थापित भएको छ – प्रधानमन्त्री केपी शर्मा ओली

२३ पुस ०७७, काठमाडौं । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल सरकारको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन बुझाएका छन् ।

प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम राष्ट्रपति भण्डारीलाई वार्षिक प्रतिवेदन बुझाएका हुन् ।

देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय एकता, राष्ट्रिय सम्मान, सुशासन र समृद्धिलाई सर्वोपरि प्राथमिकतामा राखी ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्ष पूरा गर्ने दिशामा यस वर्ष विभिन्न महत्वपूर्ण काम भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा समाजवाद उन्मुख परिपूर्ण लोकतन्त्रको अभ्यास र विकास हुँदै गइरहेको सो प्रतिवेदनमा उल्लेख छ, “जनता नै राज्य शक्तिका स्रोत हुन् भन्ने मान्यता सही अर्थमा स्थापित भएको छ ।”