५ बैशाख ०७५, ललितपुर । ग्वार्कोस्थित उग्रचण्डी फर्निचर कारखानामा आगलागी भएको छ ।
बुधबार बिहान करिब साढे १० बजेतिर फर्निचरसँगै निर्माण भइरहेको नयाँ घरमा वेल्डिङ गर्दा उछिटिएको आगोले फर्निचरमा आगो सल्किएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।
समयमा दमकल नआउँदा र साँघुरो बाटोका कारण आगो निभाउन कठिन भएकोले सल्किएको आगोले आसपासका घरमा समेत क्षति पुर्याएको छ ।