९ जेठ ०७४, काठमाडौं । सरकारले चाइना गेजुवा ग्रुप कम्पनीलाई बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा दिएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले १२ सय मेगावाटको जलाशययुक्त बुढीगण्डकी आयोजना चिनियाँ कम्पनीलाई निर्माण गर्न दिने निर्णय गरेको हो ।
उर्जामन्त्री जनार्दन शर्माले बूढीगण्डकी आयोजना चिनियाँ कम्पनीलाई इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्ट्र्याक्ट विथ फाइनान्स (इपीसीएफ) मोडलमा निर्माण गर्ने गरी जिम्मा दिने निर्णय गरिएको बताएका छन् ।
इपीसीएफ मोडल भन्नाले इन्जिनियरिङ, खरिद, निर्माण र लगानीको जिम्मा दिने गरी बनाउन दिने मोडल हो । यो मोडेलमा निर्माणकर्ता आफैंले लगानी जुटाउँछ ।
आयोजना निर्माणपछि यसको आयबाट नै गेजुवालाई नेपाल सरकारले ऋण तिर्नेछ ।
उर्जामन्त्री शर्माकाअनुसार यो नेपालका लागि पहिलो प्रयोग हो ।