गृहमन्त्रीको ट्वीट मार्फत् व्यक्त भएको अभिव्यक्तिप्रति, निर्वाचन आयोगको प्रेस विज्ञप्ति !

४ बैशाख ०७४, काठमाडौं । निर्वाचन आयोगले गृहमन्त्री विमलेन्द्र निधिको टि्वटप्रति आश्चर्य चकित भएको भन्दै सख्त ध्यानाकर्षण भएको प्रेस विज्ञप्ति जारी गरेको छ ।

सोमबार एक प्रेस विज्ञप्ति जारी गरेर आयोगले गृहमन्त्री विमलेन्द्र निधिले गरेको टि्वटप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

‘निर्वाचनसँग सम्बन्धित ऐनहरुको निर्माण पश्चात् आयोगबाट नियमावलीहरु तथा निर्देशिकाहरुको तर्जुमा गरिएको तथा १,४०,५४,४८२ मतदाताको अन्तिम  मतदाता नामावली तयार गरी आयोगको वेवसाइट समेतमा राखी सकिएको व्यहोरा विदितै छ ।’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनमा शान्ति सुरक्षा कायम गर्ने/गराउने दायित्व र जिम्मेवारी नेपाल सरकारको भएको र सो सम्बन्धमा नेपाल सरकारबाट आयोगलाई पटक पटक आश्वस्त पारेको व्यहोरा आयोग स्मरण गराउन चाहन्छ ।’

‘स्थानीय तहको निर्वाचन एकै चरणमा सम्पन्न गर्न/गराउन आयोग पूर्णरुपमा प्रतिवद्ध रहेको र सो अनुसारको तयारी समेत गरिरहेको अवस्थामा माननीय उपप्रधान तथा गृहमनत्रीज्यूले गर्नुभएको ट्वीटले निर्वाचन आयोगको कामकारवाहीप्रति आमजनमानसमा द्विविधा उत्पन्न भएकोले ट्वीट मार्फत् व्यक्त भएको अभिव्यक्तिप्रति आयोग आश्चर्य चकित भएको छ’ आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ  ।

चुनावका लागि सुरक्षा प्रवन्धमात्रै पर्याप्त हुँदैन – गृहमन्त्री

गृहमन्त्री विमलेन्द्र निधिले आइतबार मध्यरातमा सामाजिक सञ्जाल ट्वीटरमार्फत सुरक्षा प्रबन्धले मात्रै चुनाव हुन नसक्ने बताएका थिए ।

गृहमन्त्री निधीले चुनावका लागि सुरक्षा प्रवन्धमात्रै पर्याप्त हुँदैन भन्दै यसका लागि राजनीतिक सहमति आवश्यक पर्ने ट्वीटरमार्फत बताएका छन् ।

गृहमन्त्री निधीको ट्वीट :

The EC & security arrangement aren’t sufficient; political settlements through dialogues among the parties is must for successful elections.

— Bimalendra Nidhi (@BimalendraNidhi) April 16, 2017

निर्वाचन आयोगले सोमबार जारी गरेको प्रेस विज्ञप्ति :

election-commission-Press-Release

 

तपाइको मत