यातायात व्यवस्था कार्यालय सुकेधाराले गुर्जुधाराबाट सवारी चालक अनुमति पत्रको परीक्षण सुरु

९ चैत्र ०७४, काठमाडौं । चन्द्रागिरि नगरपालिका-१२ गुर्जुधारामा सवारी चालक अनुमति पत्रको परीक्षण सुरु गरेको छ ।

यातायात व्यवस्था कार्यालय सुकेधाराले गुर्जुधारामा एक समारोहकावीच साना, मिनि तथा हेभी गाडीको सवारी चालक अनुमति पत्रको लागि लिइने प्रयोगात्मक परीक्षा सञ्चालन सुरु गरेको हो ।

राजधानीमा ट्राफिक व्यवस्थापन सहज बनाउने उद्देश्यले यातायात व्यवस्था कार्यालयले चक्रपथ भन्दा बाहिर ड्राइभिङक सेन्टर सञ्चालन गर्ने योजना बमोजिम सबै मापदण्ड पूरा गरेर गुर्जुधारामा  सेन्टर सञ्चालनमा आएको हो ।

भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालिले  ४१ रोपनी क्षेत्रफलमा ५ करोडभन्दा बढी लगानीमा जापानी प्रविधिमा आधारित परीक्षण केन्द्र निर्माण तयार गरेको हो ।

कार्यक्रममा भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालिका संचालक तथा यातायात विज्ञ देवेन्द्र प्रधानले आफूहरुले सवारीसाधनको ट्रायल परीक्षणका लागि सरकारलाई निःशुल्क स्थान प्रदान गरेको बताए ।

कार्यक्रममा भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालिका अध्यक्ष रामनारायण घिमीरेले देशको बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्न राज्य र निजी क्षेत्रको साझेदारीमा कार्यक्रमहरु आउन जरुरी रहेको बताउँदै आफ्नो सुविधा सम्पन्न ट्रायल सेन्टरमा प्रशिक्षर्थीहरुलाई ट्रायलका लागि निःशुल्क सेवा दिने बताए ।

कार्यक्रममा महानगरीय प्रहरी महाशाखाका प्रहरी प्रमुख डीआईजी सवेन्द्र खनालले राजधानीको यातायात व्यवस्थापनलाई सहज बनाउन ठूला सवारीलाई दिउँसोमा छुट्टै पार्किङको व्यवस्था गर्नुपर्ने बताए ।

अहिलेसम्म राजधानीमा चार स्थानमा सवारी चालक अनुमति पत्र परीक्षण केन्द्र संचालनमा आएपनि  गुर्जुधारामा पहिलो पटक सुरु भएको हो ।

तपाइको मत