१५ भदौ ०७७, काठमाडौं । अखिल नेपाल सेक्युरिटी मजदुर संघले ‘गरुड सेक्युरिटी मूल कमिटी’का अध्यक्ष दिलबहादुर सुनुवारलाई निलम्बन गरी उपाध्यक्ष राम तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिदिएको छ ।
आइतबार अखिल नेपाल सेक्युरिटी मजदुर संघका केन्द्रीय अध्यक्ष लक्ष्मी ढकालले हस्ताक्षर गरी जारी गरेको प्रेस विज्ञप्तिमा गरुड सेक्युरिटी मुल कमिटीका अध्यक्ष दिल बहादुर सुनुवारले संगठनको नीति विपरीत मजदुर बिरोधी सम्झौता गरेकाले निलम्बन गरी राम तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको उल्लेख छ ।
“मजदुरहरुलाई सामाजिक सुरक्षा कोषमा लैजानु पर्नेमा पुराना मजदुरहरूलाई जबरजस्ती राजीनामा गराई व्यवस्थापनको पक्ष, हितमा हुने गरी नयाँ नियुक्ति करारनामा गराउने तथाकथित मजदुर बिरोधी सम्झौता गरेको ठहर गर्दै गरुड सेक्युरिटी प्रतिष्ठानका मूल कमिटीका अध्यक्ष दिल बहादुर सुनुवारलाई निलम्बन गरिएको छ” विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिको पूर्णपाठ :