२ बैशाख ०७८, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूविरूद्ध अविश्वासको प्रस्ताव आउने भएपछि चालू प्रदेश सभा अधिवेशन अन्त्यकाे सिफारिस गरेका छन् ।
राष्ट्रिय जनमाेर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेको मुख्यमन्त्री गुरुङले नयाँ वर्षकै पहिलो दिन अधिवेशन अन्त्यकाे सिफारिस गरेका हुन् ।
मुख्यमन्त्री गुरुङकाे सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका गरिदिएका छन् ।
प्रदेश सभाका सचिव हरिराज पाेखरेलले अधिवेशन अन्त्य भएको सूचना प्रदेश सभा सचिवालयमा आज साढे १० बजे आइपुगेको जानकारी दिए ।
आजै मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी प्रमुख प्रतिपक्षी दलले गरेका थिए ।