गणतन्त्रलाई कसैले तलमाथि गर्न नसक्ने प्रधानमन्त्रीको भनाई

२३ माघ ०७७, काठमाडौं । नेकपा (ओली समूह)का अध्यक्ष केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न नसक्ने बताएका छन् ।

शुक्रबार नारायणहिटी दरबार संग्राहलय अगाडि शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र फर्किने हल्ला ‘हल्ला मात्रै’ भएको बताएका हुन् ।

‘जसले आधा दशकभन्दा बढी गणतन्त्रका लागि लड्यो, त्यो केपी आलीले राजतन्त्र फर्किएको घोषणा गर्छ रे,’ उनले भने ।

उनले सभामा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था तलमाथि नहुने बताएका थिए ।

ओली समूहको शक्ति प्रदर्शन तथा आमसभालाई प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओली, नेताहरु ईश्वर पोखरेल, रामबहादुर थापा लगायतले सम्बोधन गरेका थिए ।

नेकपा (प्रचण्ड–माधव) समूहलाई देखाउन ३ लाखको शक्ति प्रदर्शन गर्ने भनिएको उक्त सभामा करिब २० हजार जनाको सहभागिता रहेको अनुमान छ ।

ओली समूहको प्रदर्शन पञ्च -याली

आजै प्रेस संगठन झापाले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा प्रचण्ड–माधव समूहका नेता झलनाथ खनालले ओली समूहको प्रदर्शनलाई पञ्च -यालीको संज्ञा दिएका छन् ।

नेता खनालले सर्वोच्च अदालत संविधान र कानुन अनुसार चल्ने संस्था भएको बताउँदै सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्छ भन्ने विश्वास रहेको पनि बताए ।